Logo

सानिमा बैंकद्धारा महिला ग्राहाकहरुलाई बिषेश उपहार प्रदान



काठमाडौं, १० साउन । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिशेष उपहार दिँदै आएको छ ।

सो बैंकको आज मुख्य कार्यालय नक्साल तथा देशैभरिका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिशेष उपहार प्रदान गरेको छ ।

बैंकद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यो योजना श्रावण,२ ०७४ महिना भरी चल्ने छ साथै प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरि सामाजिक कार्यमा खर्च गरिनेछ ।’

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुनेगरी उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको उसको दाबी छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्