Logo

अध्यक्षमण्डलका नेताहरुले पार्टीलाई अनिर्णयको बन्दी बनाएको हृदयष त्रिपाठीको आरोप



साउन ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता हृदयष त्रिपाठीले राष्ट्रिय जनता पार्टी फुट्न लागेको भन्ने कुराको खण्डन गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले राजपा फुट्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन् । राजपालाई सुधारेर लैजानुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले भने, “राजपाका सबै नेतासँग आफ्नो सुमधुर सम्बन्ध छ, अविवेकी नेतृत्व भएर कहाँ हुन्छ र?”

तर नेता त्रिपाठीले अध्यक्षमण्डलका नेताहरुले पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै महाधिवेशन कहिले हुन्छ भन्ने कुरा आफुलाई थाहा नभएको बताए । २–२ महिनामा अध्यक्ष मण्डलको नेतृत्व फेर्ने कुरा आफुले सुनेको मात्रै बताएका नेता त्रिपाठीले त्यसरी पार्टी नचल्ने चेतावनी दिएका छन् ।
आफुले पार्टी सुधारका लागि प्रयास गरे पनि त्यसको महत्व नदिइएको नेता त्रिपाठीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्