Logo

डा. रामशरण महतले किन भने “पार्टीको आन्तरिक कुरा सार्वजनिक बहसको विषय होइन ।”



साउन ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बुधवार मन्त्रीमण्डल विस्तार हुने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसभित्र कसलाई मन्त्री बनाउने भन्ने किचलो नभएको दाबी गर्दै मन्त्री कसलाई बनाउने भन्ने कुरा पार्टीमा आन्तरिक छलफल हुनु स्वभाविक भएको बताएका छन् ।

उनले भने, “पार्टीको आन्तरिक कुरा सार्वजनिक बहसको विषय होइन ।” आफुले पार्टीभित्र समुह वा गुटको विश्वास नगर्ने दाबी गर्दै कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने बताएका छन् ।
पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनका लागि गरिएको छलफललाई समुहको रुपमा लिन नहुने उनको भनाई छ । बलबहादुर केसीलाई किन मन्त्रीका लागि पठाइएन भन्ने प्रश्नमा जवाफ दिदै भने, “कांग्रेसका २ सयभन्दा बढि प्रतिनिधि छन्, कोही हिजो परे, कोही आज पर्छन्, कोही भोली पर्लान् । यो विषयमा कुरा गर्न छाड्नुस् ।”
पार्टीभित्र एकता छैन भने एक बनाउनुपर्छ र आफु त्यसका लागि प्रयासरत रहेको जानकारी नेता महतले दिएका छन् । अहिले ६०–४० को भागबण्डा नरहेको दाबी गर्दै यो विषयलाई बहसमा नल्याउन महतले आग्रह गरेका छन् ।

नेपाली कांग्रेसभित्रको गुट र समुहको कुरा गर्न नहुने बताउँदै पार्टीभित्र हुने द्धन्द्ध र विवाद समान्य रुपमा भए पनि त्यसलाई गतिशिल पार्टीको स्वस्थ गुणको रुपमा लिनुपर्ने बताए ।
अर्को प्रसङ्गमा संविधान संशोधनका लागि सरकारले इमानदारिताका साथ प्रयास गर्ने बताएका छन् । यसलाई पारित गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
महतले कुन दललाई सरकारमा सहभागि गराइदैछ भन्ने कुरा प्रधानमन्त्रीलाई सोध्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्