काठमाडौं, ११ साउन । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ ।
वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ । तर यी विषयमा भन्दापनि आजको वैठक ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुने बुझिएको छ ।
एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ । उसलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभिब भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार छैन ।
क्षतिपुर्ति दिने विषयमा निर्णय गर्ने हो भने गल्ती गर्ने एन्फा पदाधिकारी तथा कर्मचारीलाई पहिले कारवाही गर्नुपर्ने माग एन्फाका केही पदाधिकारी एवं सदस्यहरुले उठाईरकेका छन् ।
एउटा पक्षले क्षतिपुर्ति दिने विषयमा निर्णय गरे अर्को पक्षले साधारणसभामा यही विषयलाई चुनावी नारा बनाउने निश्चित प्रायः छ ।
उता थ्रि स्टार क्लव भने आफुलाई क्षत्ीपुर्ती नदिएसम्म कुनैपनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोका समेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।