Logo

अस्थायी शिक्षकद्धारा शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना



काठमाडौं, ११ साउन। अस्थायी शिक्षक संघर्ष समिति केन्द्रिय कमिटिले बुधबार शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना दिएको छ ।

मन्त्रालयसँग भएको पछिल्लो सम्झौता कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै समितिले उक्त सहमति तथा सम्झौताहरु तत्काल पूरा गर्नको लागि दबाब दिनको लागि सिंहदरबारस्थित् शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना दिएको समितिका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।

मन्त्रालयको मुल गेटमा धर्ना दिन करिब एक सयदेखि १ सय ५० जति शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्