नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ५२ दिनपछि मन्त्रिमण्डल बिस्तार गरेसँगै अब मन्त्रीहरूको प्रभावकारिताको बारेमा प्रश्न उठ्न थालेका छन् ।
देउवाका २६ सारथीहरुमा धेरैजसो नयाँ अनुहार छन् । नयाँ अनुहारहरूले कस्तो खालको काम गर्लान, कस्तो परिणाम निकाल्छन भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ । यसै सन्दर्भमा नेपाली रेडियो नेटवर्कमार्फत प्रसारण हुने कार्यक्रम ‘नेपाली वहस’मा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको कर्मचारीतन्त्र सुधार हुन्छ त ?
कर्मचारीलाई सन्तुष्ट पार्ने र जनताको सुविधा सहज तरिकाले दिलाउने मेरो काम हो । काम गर्दै जाउँ । कामको सुरुवात गरेको छु । यो मन्त्रालयको नाम सामान्य प्रशासन मन्त्रालय हो । तर काम सामान्य छैन ।
पार्टीको ईशारामा कर्मचारी काम गरिरहेका छन के भन्नुहुन्छ ?
यो गलत हो ।राजनीतिक आडमा कर्मचारीले काम गर्नुहुँदैन । अहिले नै यो प्र्रक्रिया कम हुन्छ त भन्न सक्दिन । काम गर्दै जादा यसको उपचार निस्किन्छ । कर्मचारीलाई जनताको हितमा कामगर्ने वातावरण मिलाउनु पर्छ ।
सबैभन्दा अस्तव्यस्त क्षेत्र कर्मचारी क्षेत्र हो भनिन्छ नि ?
राम्रो मान्छेको खोजीमा म हुनेछु । कायापलट यसै हुन्छ भन्न सकिन्छ ।
अबका निर्वाचनमा कर्मचारी कसरी परिचालित हुन्छन् ?
यहाँ भन्दा पहिले पनि कर्मचारी परिचालन गर्ने नियम छ । अझ कसरी प्रभावकारी हुन्छ । त्यसको बारेमा म निरन्तर प्रायस गर्नेछु ।
कर्मचारी दुर्गममा जान मान्दैनन्, पक्षपाती रुपमा कर्मचारी सरुवा–बढुवा हुन्छन भनिन्छ नि ?
मुलुक चलाउने भनेको योग्यताको आधारमा चलाउने हो । सबै कर्मचारी एउटै छैनन् । केही त्यस्ता अटेरी कर्मचारी पनि नभएका होईनन । त्यसैले यस्तो स्थितिमा हामीले जनताको निम्ति काम गर्ने प्ररणका साथ जागिरे भैसकेपछि राज्यको नियम अनुसार काम गर्नैपर्छ ।
उसो भए राम्रा कर्मचारीको उच्च मुल्याङ्कन गर्नुहुन्छ ?
उचित मुल्यांकन हुन्छ । त्यसमा त दुईमत नै छैन नि ।
अब कर्मचारीहरुले पार्टीको झण्डा बोक्दैनन ?
अहिले नै त्यति त नभनि हाल्यौ । जतिपनि समस्या छन यी सकै समस्याको सामाधान हुन्छ ।
सरकारी कर्मचारीले पार्टीको झण्डा बोक्ने होईन भनेर भन्न सक्नु हुन्न ?
मैले भन्न सक्छु । तर हामीले भन्दावित्तिकै काम हुन्छ भन्ने छैन् । विस्तारै यसको बारेमा काम हुन्छ । अनुभवका आधारमा अघि बढ्ने हो । कर्मचारीको अनुभव, क्षमता र दक्षताको आधारमा कर्मचारी संरचनाको गर्न सकियो भने राम्रो हुन्छ । प्रशासनिक क्षेत्रमा राजनीतिकरण छ । मैले चाहेर पनि यसलाई रोक्नेसक्ने स्थिति छैन् ।
स्थानीय तहमा कर्मचारी छैनन नि ?
हो साचो हो । म कहाँ पनि यस्ता प्रश्न आईपुगेका छन् । यस्ताृ स्थितिमा कर्मचारीहरु गाउँमा जान नमान्ने, अटेर गर्ने काम भएको भन्ने सुनेको छु । अब तत्काल यस्का बारेमा छलफल गरि उपाए खोज्नुपर्छ। केही ऐन ससदबाट पारित हुँदैछन् । कर्मचारीले काम गर्नुपर्ने र दुर्गममा जानै पर्छ ।
स्थानीय तहमा काम गर्ने वतावरण छैन रे नि त हो ?
हामी पहिलो चोटी स्थानीय तहमा अभ्यास गर्दैछौँ। सबै प्रकारका आवाज र प्रसँगलाई राजनीतिक भाषाले सम्बोधन गर्नुपनि हुँदैन।
अब त सरुवा बढुवा सुरु हुने होला नि ?
कदापि पनि त्यस्तो हुँदैन। कर्मचारी समायोजन गर्दा केही तलमाथि त हुन्छ नै ।
योग्यताका आधारमा कर्मचारीले काम गर्न पाउछन ?
पाउँछन् । त्यो वातावरण निमार्ण गर्नुपर्छ ।