Logo

कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द



बैतडी, १६ साउन । सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत्को ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो । वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराका अनुसार २८ किलोवाट क्षमताको सो आयोजना बन्द भएपछि यहाँका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । अहिले कठमाडीगाड आयोजनाबाट १४ किलोवाट विद्युत् मात्रै उत्पादन भइरहेको छ ।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि सुर्नया गाउँपालिकाका अध्यक्षमार्फत विद्युत् प्राधिकरणसँग आग्रह गरेको वडाध्यक्ष बोहराले बताउनुभयो । तीन दिनदेखि सो ठाउँमा विद्युत् सेवा अवरुद्ध छ । रासस



प्रतिक्रिया दिनुहोस्