Logo

महन्थ र राजेन्द्र एउटै लाईनमा, बाँकी नेता चुनावको पक्षमा



काठमाडौं, १६ साउन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुवीच नै चुनावमा सहभागी हुने वा नहुने भन्ने विषयलाई मत बाझिएको छ ।

पार्टी नेतृत्व समेत गरिरहेका अध्यक्ष मण्डलका संयोजक महन्ठ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो संविधान संशोधन नगरीकन चुनावमा जानै हुँदैन भन्ने पक्षमा चट्टानझैं उभिएका छन् भने बाँकी चार जना अध्यक्ष मण्डलका सदस्यहरु क्रमशः शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झा चुनावमा जानुपर्ने पक्षमा छन् ।

प्रमुख तीन दलले संशोधनको नाममा आफूहरुलाई झुक्याएको आरोप लगाउँदै नेताद्धय ठाकुर र महतो चुनावमा जानै नहुने पक्षमा छन् ।

स्रोतका अनुसार चुनावमा गए आफूहरुको एजेण्डा नै मर्ने चिन्तासहित निर्वाचन बहिष्कार गर्ने पक्षमा पुगेका छन् । तर बाँकी चार नेताहरु चुनावलाई उपयोग गर्दै बाँकी मुद्दाहरुको लागि थप संघर्ष गर्नुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्