Logo

संविधान संशोधन प्रस्ताव भोटिङमा लैजानुपर्ने उपेन्द्र यादवको माग



साउन १७, काठमाण्डौ । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए पनि आफ्नो पार्टी चुनावमा सहभागि हुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले राज्यले जनताको माग सम्बोधन गर्नुपर्ने माग यथावत राख्दै चुनावमा सहभागि हुने बताएका हुन् ।

सरकारले मधेशको माग पूरा गर्ने बहानामा स्थानीय निकायको चुनाव तीन चरणमा पु¥याएको आरोप लगाउँदै यादवले भने, “तीन चरणमा चुनाव गर्नुको जवाफ सरकारले दिनुपर्छ ।”

आफुहरु एकै चरणमा सबै प्रदेशको चुनाव सम्पन्न गर्नुपर्छ भन्ने मान्यतामा रहे पनि सरकारले वेवास्ता गरेको यादवको भनाई छ । तेस्रो चरणको चुनावको घोषणा सरकार आफैँले गरेको दाबी गर्दै मधेशीको माग पूरा गर्न वा आफुहरुको प्रस्तावमा चुनाव सारिएको कुरा झुटो भएको यादवले बताएका छन् ।

यद्यपी सरकारले प्रदेश नम्बर २ को चुनाव अघि मधेशीको माग सम्बोधन गर्छु भनेकाले अब त्यो बचन पूरा गर्नुपर्ने तर्क यादवको छ ।

संविधान संशोधन नगर्ने बहानामा प्रमुख दल एक हुन नसकेको आरोप लगाउँदै यदावले भने, “बडो बिडम्वना छ । भागबण्डा लगाउने र कमिसन खाने विषयमा दुई तिहाई पुग्छ । न्यायाधिश नियुक्तिमा दुई तिहाई पुग्छ । तर संविधानमा आफैँले गरेको गल्ति सच्याउन दुई तिहाई पुग्दैन भन्नु हास्यास्पद कुरा हो । ”

यादवले दुई पुग्ने वा नपुग्ने कुरा संसदमा गएपछि टुङ्गो लाग्ने बताउँदै अहिलेलाई संशोधन प्रस्ताव पेश गर्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री र सरकारमा रहेका दलहरु प्रस्ताव पास गराउनका लागि प्रतिवद्ध हुनुपर्ने यादवले बताए ।
इमानदारिताका साथ प्रस्ताव पेश गर्न माग गर्दै यादवले पास नभए पनि मान्ने संकेत दिएका छन् । “इमानदारितापूर्ण प्रयास गरेर सकेन भने हामी हेरौँला नि । पहिलो कुरा सरकारले भोटिङ गराउनप¥यो नि ।”

भगबण्डा मिलाउने कुरामा एमाले पनि सहभागि हुने तर देश र जनताको अधिकारका लागि एमालेसँग कुरा नै नगरिएको यादवको आरोप छ ।
फरक प्रसङ्गमा यादवले प्रदेशसभा र प्रतिनिधी सभाको चुनाव एकै चरणमा गराउन सके राम्रो हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्