Logo

सांसद महतोद्धारा लहानमा माछापुच्छ्रे बैंकको शाखा उद्धघाटन्



लहान, १७ साउन । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ ।

लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा. वीरेन्द्र महतोले उद्घाटन गरेका हुन ।

सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैँकको शाखा स्थापना गरिएको बैँकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिए ।

त्यस्तै हिजो नै माछापुच्छ्रे बैंकले सिराहाको कल्याणपुरमा आफ्नो सेवा शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सको पनि सांसद महतोले नै उद्वघाटन् गरेका हुन् ।
तस्विर : केशव प्रसाद साह



प्रतिक्रिया दिनुहोस्