मन्त्री बस्नेत र पत्रकार धमलाद्धारा भण्डारी अभिनन्दित
काठमाडौं, १७ साउन । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा १ का युवा विद्यार्थी दिपेश भण्डारीले हालै ‘फाष्टेड आईडेन्टीफाई अल ईलमेन्टस् अफ पेरियोडिक टेबल’ को ब्रेक गरेर हाँसिल गरेको गिनिज बुक अफ वल्र्ड रेकर्ड सार्वजनिक गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा उक्त रेकर्ड मन्त्री बस्नेत र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा सार्वजनिक गर्दै भण्डारीलाई अभिनन्दन गरेका हुन् । भण्डारीलाई साहसिक काम गरेर राष्ट्रको नाम राखेको भन्दै मन्त्री बस्नेत र पत्रकार धमलाद्धयले बधाई दिएका थिए ।
यसअघि उक्त रेडर्क अफगानिस्तानका एक युवाको नाममा थियो । भण्डारीले २ः४६ः५५ सेकेण्डमा उक्त रेकर्ड बनाएका हुन् । भण्डारीले कार्यक्रममा सम्बोधन गर्दै आफूलाई यो रेकर्ड ब्रेक गर्नको लागि सहयोग पुर्याउने आफ्ना परिवारजनलाई धन्यवाद दिए ।
उनले भने,‘मलाई यो रेकर्ड ब्रेक गर्न मेरो परिवारका सबै सदस्यहरुले ठूलो सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति सँधै आभारी छु।’ त्यस्तै उनले आगामी दिनमा आफ्नो लक्ष्य भनेको फिजिक्स पढ्ने भएको समेत सुनाए ।
उनले भने,‘मेरो लक्ष्य भनेको अब विदेशमा गएर फिजिक्स पढ्ने हो, बाहिर पढेर आईसकेपछि म स्वदेशकै शिक्षा क्षेत्रमा योगदान दिन चाहन्छु।’