राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले एमाले उपाध्यक्ष भीम रावललाई आफूले नचिन्ने बताएका छन् । उनले राजपाको अगाडि भीम रावल कोही नभएको समेत आरोप लगाए । यीनै विषयमा आधारित रहेर पत्रकार ऋषि धमलाले यादवसँग गरेको कुराकानीको सम्पादित अंश ः
मोर्चाभित्र द्धन्द सुरु भएको हो ?
होईन । यो मनगण्ढन्ते कुरा हुन । नेपाली मिडियाले मनमा लागेका कुरा लेख्छन् ।
राजपा क्लबजस्तो भएको त सत्य हो नि ? मोर्चाका धेरै नेताले यही नेपाली बहसमा भन्नु भएको छ?
तपाईलाई कसले भन्यो ? आजको दिनमा मोर्चा राजनीतिको केन्द्रमा छ । राजपाको बारेमा यस्ता कुरा गर्नु भनेको सुर्यलाई थुक्नु जस्तै हो।
मोर्चाका शीर्ष नेता भिन्न भिन्न कोणमा भएको छर्लङगै छ नि ? कोही नेता निर्वाचनमा जानुको विकल्प छैन भन्नुहुन्छ अनि कोही जानु हुँदैन भन्न हुन्छ तपाइ के भन्नुहुन्छु ?
तपाईलाई सबै कुरा थाहा रहेछ त । आँफै समाचार लेख्नुस न त । सहुलियत ठानेर तपाईलाई सबै कुरा भन्दा रहिछन् । राजपा एउटा राजनीतिक पार्टी हो। कसले के भन्यो कुरा होईन ।
उसो भए संस्थागत निर्णय के हो ? निर्वाचनमा जाने वा नजाने ?
निर्णय गर्न अझै बाँकी छ । मोर्चाको बैठक बस्छ । त्यसपछि त्यसको बारेमा हामी विचार दिउँला । यसैका निम्ति बैठक बस्दैछ ।
मधेशका मुद्धाको सन्दर्भमा मोर्चा निर्वाचनमा जाने हो या होईन ?
ऋषिजी तपाई आँफै दुविधामा हुनुहुन्छ। हाम्रा कुरा बुझेको हुनुहुन्न । हावामा कुरा गरेर हुन्छ । तपाईको प्रश्न पूर्ण रुपमा गलत छ । सरकारले वातावरण नबनाएको स्थितिमा कसरी निर्वाचनमा जाने ?
संविधान संशोधन कुन पनि हालतमा नहुने भयो नि ?
कसले भन्छ तपाईलाई ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको छ नि?
वर्तमान राजनीति के भईरहेको छ? राजपा के गर्दैछ ? सरकार एक हातमा बन्दुक अर्को हातमा खाना देखाएर खाँ कि घीच भनेर हुन्छ ?
भारतीय राजदुत मञ्जिवसिँह पुरीले पनि निर्वाचनमा जानुस् भनेर भन्नु भएको हो ?
अरे, यो के भनेको ? मलाई थाहा छैन् । तपाई पनि त्यहाँ हुनुहन्थ्यो भने म जान्दिन ।
तपाईको पार्टीका शीर्ष नेताले यस्तो बताएका छन नि ?
कसले के भन्यो । त्यो मलाई थाह छैन् । पार्टीको आफ्नै नितीछ । नियम छ । म मेरो अध्यक्षको समते विश्वास गर्दिन । ऋषि धमलाको गर्न सक्छु ?
अध्यक्ष मण्डलका नेताको भनेको अरु नेताले मानेनन् भने के गर्नुहुन्छ ?
किन नमान्ने हुन्छ ? मान्नु हुन्छ नि ।
प्रदेश नम्बर पाँचमा तपाईका कार्यकर्ताले माने त ?
किन नमान्न हुन्छ । मान्नु भएको छ ।
सर्वेन्द्रशुक्लाले मान्नु भएको हो त ? आफ्ना पक्षका नेतालाई उठाउनुभयो नि ?
तपाई मोर्चालाई हल्का रुपमा लिदै हुुनुहुन्छ ऋषि जी । यो ठिक होइन ।
राजपा कसरी र कसले चलाएको छ भनेर प्रश्न उठ्ने गरेका छन् नि ?
तपाईलाई कसले चलाएको छ ? तपाईका मिडिया कसले चलाएका छन् ? त्यो पनि थाहा होला नि ? हाम्रो पार्टी जनताबाट चलेको छ । जनताको जनादेशबाट चलेको छ । जनताको अनुमोदन भएको पार्टी हो । राजपाको निर्णय देखेर सरकार आफ्ना निर्णय बदल्न खोज्छ ।
भीम रावलले भन्नुभएको छ नि ? तपाइको पार्टी अरु कसैले चलाएको छ भनेर ?
भीम रावलको हैसियत के छ यार ? को हो भीम रावल ?
एमाले उपाध्यक्ष भीम रावल ?
भीम रावलको के हैसियत र औकात के छ ? खालि रिपोर्टर्स क्लबमा भन्यो भन्या छ । खालि बेकार । को हो ? भीम रावल म चिन्दिन म । राजपाको सामुन्नेमा भीम रावल कोही होईन ।
अब आँफै चल्छ राजपा ?
एक्दम । भिम रावल जस्तो बखमकुसेले भनेको जस्तो हुन्छ । हाम्रो निर्णय पार्टीको हाम्रो नेतृत्वले गर्छ । अरु कसैको ईसारामा चल्ने पार्टी होईन। बरु राजपाका बारेमा वाईयात बोल्नेहरु तलवी हुन। यस्ता तलवीहरुको के हैसियत छ राजपाको सामुन्नेमा ?
संविधान संशोधन निर्णयार्थ पेस भएको खण्डमा मोर्चा निर्वाचनमा जान्छ ?
हाम्रो वैठकले यसका बारेमा बोल्छौँ। आज तपाईको प्रश्नको उत्तरका लागि गहन छलफल हुन्छ । राजपा चुनावमा नजाने कहिल्यै भनेको छैन् । खुसिका साथ जनता निर्वाचनमा जान पाउनु पर्छ भन्नेमा हामी छौँ । जनताले खोजेको भनेको सरकारले मोर्चाको लागि वातावरण निमार्ण त गर्नुपर्छ नि । राजपा कसैको कर र बलमा निर्वाचनमा जाँदैन । यदी हाम्रा माग सम्बोधन नभएको खण्डमा हामी फरक कोणबाट आन्दोलनमा जान्छौँ।