Logo

करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु



सुरुङ्गा (झापा), १९ साउन । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् ।

उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेको इप्रका दमकले जनाएको छ ।

उनी केही दिनदेखि बेपत्ता रहेको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्