काठमाडौं, २० साउन । संसदको सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल आयल निगमले जग्गा किन्दा अनियमिता भएको ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
शुक्रबार बसेको बैठकले आयल निमगका अधिकारीहरुले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको निष्कर्ष निकालेको छ । जग्गा प्राप्तिको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमटोल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ अनियमिता गरेको आरोप निगमका अधिकारीमाथि लागेको छ ।
समिति सभापति डोप्रसाद उपाध्यायले यसबारे अनुसन्धान गरी कारबाही गर्न अख्तिायर पठाउने निर्णय सुनाएका छन् ।