Logo

राजपाभित्र पदलाई लिएर विवाद चरम उत्कर्षमा, अहिले चुनावमा जानु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह बैठकको ठहर



काठमाडौं, २० साउन । राजपा नेपालभित्र अहिले पदलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । खासगरी असन्तुष्ट नेता हृदेश त्रिपाठीले पदीय मर्यादाक्रमलाई लिएर छुट्टै गुटको नेतृत्व गरेर अध्यक्ष मण्डललाई नै चुनौति दिएपछि अहिले विवाद चुलिएको हो ।

नेता त्रिपाठीले अहिलेको अध्यक्ष मण्डलमा भएका सदस्यहरुभन्दा आफू धेरै सिनियर रहेको बताउँदै पदाधिकारी बैठकमा समेत भाग लिएका छैनन् । हालै सुरु भएकौ बैठक उनले बहिष्कार गरेका छन् । उनले आफूलाई राम्रो पोजिसन दिने भएमात्रै बैठकमा सहभागी हुने नभए सहभागी नहुने र विद्रोह गर्ने धम्की दिएका छन् । त्यही भएर उनलाई फकाउनको लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै लागिपरे । उनले हिजोमात्रै त्रिपाठीलाई भेटेर सहमतिमा आउनको लागि आग्रह गरेका थिए ।

बुधबार प्रारम्भ भएको पदाधिकारी बैठकः वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिस्कार गरेको छ । त्रिपाठी समूहमा सांसदहरु सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलश्वर पुरी गस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिस्कार गरेको समूहका एक नेताले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

अध्यक्ष मण्डलका सदस्यहरु त्रमशः राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरुभन्दा धेरै जुनियर भएकोले उनीहरुभन्दा तल रहेर राजनीतिक जीवन व्यतीत गर्न आफूले नसक्ने गुनासो त्रिपाठीले पोखेका छन् ।

सोही असन्तुष्टीका कारण अस्ति बुधबारबाट सुरु भएको बैठकमा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह भएको निश्कर्ष निकलेको छ ।

बैठकमा शीर्ष नेताहरुवीच आगामी प्रदेश र केन्द्रिय संसदको निर्वाचनमा जाने तर यही अवस्थामा स्थानीय तहको निर्वाचनमा नजाने निर्णय नै गरिसकेको बताईएको छ ।
बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटि पदीय विवाद मिलाउँदै प्रजान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न सुझाव दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्