काठमाडौ., २२ साउन । दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता विषयक दक्षिण एशियाली महिला सम्मेलन काठमाडौंमा प्रारम्भ भएको छ ।
श्रावण २२ गतेदेखि २३ गतेसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले गर्नुभएको छ ।
सम्मेलनको मुख्य उद्देश्य दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता तथा महिला अधिकारको संरक्षण एवं प्रवद्र्धन तथा सुशासन र राज्यका सबै संयन्त्रमा महिलाको सक्रिय संलग्नताको सुनिश्चितताका लागि क्ष्ोत्रीय स्तरमा रणनीतिक योजना तय गर्न सहयोग गर्ने रहेको छ । यस सम्मेलनमा दक्षिण एशियाली मुलुकहरुका सांसद, नागरिक समाजका अगुवा तथा महिला अधिकारकर्मीहरु गरी करिब ७० जनाको उपस्थिति छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले महिलाको सशक्तिकरणका लागि ल्याइने धेरै कार्यक्रम सतही रहेका र सशक्तिकरणका लागि हाम्रो समाज र व्यक्तिका सोच र धारणामा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।
महिला अधिकारको संरक्षण र प्रबद्र्धनका सन्दर्भमा नेपालको उपलब्धि दक्षिण एशियामै अब्बल रहेको तर यतिले मात्र महिला अधिकारको लक्ष्य प्राप्ति नहुने कुरामा उहाँले जोड दिनुभयो । नेपालमा सयभन्दा बढी राजनीतिक पार्टीहरु रहेका तर नेकपा एमाले गरीब, दलित र महिलाको पक्षमा रहेको कुरा हालै स्थानीय तह निर्वाचनमा निर्वाचित ५३८९ दलितमध्ये ४७ प्रतिशत महिला रहनुले पनि पुष्टि गरेको उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा आसामको गौहाटी विश्वविद्यालयकी प्राध्यापक जोआना मजब्बिन सहभागी हुनुहुन्थ्यो । साथै कार्यक्रममा बंगलादेश, इण्डिया, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सहाभागीहरुले दुई दिनको अवधिमा दक्षिण एशियामा स्थानीय सरकारमा महिला सहभागिता सन्दर्भमा आप्mनो राष्टको अवस्था र यसको समाधानका उपायहरुका बारेमा छलफल गर्नेछन् ।
कार्यक्रमको सभापतित्व अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटाले गर्नुभएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे