काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादववीच निर्वाचनको मिति तय र निर्वाचन क्षेत्र निर्धारण आयोगको पछिल्लो प्रगति विवरणमा केन्द्रित रहेर छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा मुख्यतः प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति तय गर्नेबारे कुराकानी हुने स्रोतले जनाएको छ ।