Logo

प्रदेश नम्बर २ मा चार दिनभित्र उम्मेदवार टुङ्गो लगाउन ८ जिल्लालाई कांग्रेसको निर्देशन



साउन २५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले साउन २९ गतेभित्र प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन ८ वटै जिल्लालाई निर्देशन दिइएको बताएका छन् । जिल्ला तहबाट उम्मेदवार टुङ्गो लगाउन नसके केन्द्रबाट छिनोफानो गरिने बताउँदै महतले सकेसम्म जिल्लाबाट नै टुङ्गो लगाउन आग्रह समेत गरे । यसअघि सम्पन्न भइसकेका ६ वटा प्रदेशका ८० प्रतिशत उम्मेदवार जिल्ला तहबाट नै तय गरिएको दाबी गर्दे महतले १ भन्दा बढि उम्मेदवार सिफारिस भएर आएको ठाउँको मात्रै केन्द्रले तय गरेको बताए ।
योभन्दा अगाडि दुई चरणको निर्वाचनमा समयमा नै उम्मेदवार तय गर्न नसक्दा पार्टीले घाटा बेहोर्नुपरेको बताउँदै महतले यसपटक समयमा नै उम्मेदवारको टुङ्गो लगाइने बताए ।

जित्ने सम्भावना बढि भएका र लोकप्रिय नेतालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाइने महतको दाबी छ । उनले भने, “को कोसँग नजिक छ भन्ने कुरालाई ध्यान दिनुभएन ।”
दुई नम्बर प्रदेशको निर्वाचन अघि नै संविधान संशोधन गर्नका लागि सरकार प्रयासरत रहेको समेत नेता महतले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्