Logo

साताको अन्तिम दिन शेयरबजारमा गिरावट



साउन २७, काठमाण्डौ । साताको पहिलो दिनदेखि कारोबारमा सकारात्मक देखिएको बजार साताको चौथो दिनदेखि सामान्य अंकको गिरावट देखिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा लगानी योग्य पुँजी भए पनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर नघटाएका कारण बजार घटेको अनुमान गरिएको छ ।
विहिबार समग्रमा बजार ०.४९ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचकमा ८ दशमलव १९ अंकले गिरावट आएर १ हजार ६ सय ५३ दशमलव ५३ को बिन्दुमा कारोबार बन्द भएको हो ।

त्यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक एक दशमलव ९४ अंकले घटेर ३ सय ४७ दशमलव शून्य ३ अंकमा बन्द भएको छ । विहिबार परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ९१ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको बजार बिहीबार १ सय ६१ कम्पनीको ९२ करोड ७९ लाख ३० हजार २ सय ३९ रुपैयाँको शेयर किनबेच भएको छ । विहिबार ७ हजार ९ सय ७५ वटाको कारोबारबाट २० लाख १० हजार ४ सय ७७ कित्ता शेयरहरु खरिद विक्री भएको छ ।

विहिबार नेप्सेमा सूचीकृत ८ वटा समूहमध्ये २ मा मात्र हरियाली आएको छ । बाँकी ६ वटै समूहको सूचक तलतिर झरेका कारण समग्र बजार घटेकोछ । विहिबार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहमा १२ दशमलव ३४ अंकले उकालो लागेर २ हजार ७ सय ५२ दशमलव ९१ अंकमा बन्द भएकोछ । त्यसैगरी वित्त समूह १ दशमलव ११ अंकले उकालो लागेर ८ सय २२ दशमलव ५१ अंकमा बन्द भएकोछ ।

विहिबार सबैभन्दा धेरै बिमा समूहको परिसूचक १६ दशमलव ७५ अंकले ओरालो लागेर ९ हजार ३ सय ९७ दशमलव ४८ अंकमा बन्द भएको छ। त्यसैगरी वाणिज्य बैंक समूहको सूचक ९.९१ अंक, ४ दशमलव ४६ अंक, १२ दशमलव ३६ अंक, जलविधुत २ दशमलव ३७ अंक र अन्य समूह ३ दशमलव ७६ अंकले ओरालो लागेको छ । विहिबार कारोबार रकमका आधारमा सिटीजन्स इन्भेष्टमेन्ट ट्रष्ट नागरिक लगानी कोषको ६ करोड ६४ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी स्ट्याण्र्ड चाटर्ड बैंकको ४ करोड ६० लाख रुपैयाँ बराबरको र नेपाल लाईफ इन्स्योरेन्सको ३ करोड ८९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । विहिबारको कारोबारमा प्रोग्रेसिप फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यस कम्पनीमा ९ दशमलव ७५ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरी फाइनान्स समूहअन्र्तगत पर्ने कुवेर मर्चेण्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीमा २३ रुपैयाँको गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्