Logo

बढी पीडितका लागि विशेष राहतको घोषणा गर्दै सरकार, आइतबार पनि भारी वर्षा हुने मौसमविदको भनाई



साउन २८, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितका लागि विशेष राहतको प्याकेज घोषणा गर्ने तयारी गरेका छन् । देशैभरी बाढीले जनजीवन अस्तव्यस्त भएपछि सुरक्षा निकायसहितको आपतकालिन बैठक बोलाएका प्रधानमन्त्री देउवाले आज साँझ बस्ने बैठकमा राहतका बारमा विशेष छलफल गर्दैछन् ।
केहीबेरमा बस्ने आपतकालिन बैठकपछि राहतको घोषणा गर्ने तयारी भइहरको हो ।
लगातारको वर्षापछि तराई मधेसमा बाढी र पहाडी जिल्लाहरुमा बाढी पहिरोले आतंक मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।
गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।
कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।

शाखाका अनुसार तराई क्षेत्रका नदीहरुमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सहत बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथि पुगिसकेको छ । यस्तै मध्य पहाडी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले धनजनको क्षति भएको छ ।
यता आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्