Logo

बाढी पिडित तराईबासीका लागि सरकार र दलहरुले के गरिरहेका छन् ?



तराईका जनताका पक्षमा आफ्नो पार्टी सवै भन्दा अगाडी रहेको दावी गर्ने दलहरु अहिले तराईका जनता अफ्ट्यारेमा परेका बेला भने खासै साथ दिन सकेका छैनन् ।

उनीहरुले काठमाडौमा बसेर सरकारलाई उपदेश दिने र सस्तो लोकप्रियताका लागि आवाज उठाए झै गर्ने बाहेक ठोस काम भने केही गरेको देखिएको छैन ।

कुनै पार्टीहरुले बैठक बसेर दुःख व्यक्त गरेका छन् भने कुनै पार्टीले विज्ञप्ती निकालेर सहानुभूती व्यक्त गरेका छन् । तराईका जनता प्रति सवै भन्दा धेरै जिम्मेबार रहेको बताउने राष्टिय जनता पार्टी नेपालले पिडितहरुलाई उद्धार तथा राहतका लागि युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको छ। तर आफुहरु भने असुरक्षाका कारण अहिले जाने अवस्था नरहेकाले राजपाका नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।

तराईमा आफ्ना समर्थक अरुको भन्दा धेरै रहेको दावी गर्ने नेपाली काँग्रेसले आफ्ना स्थानीय कार्यकर्ताहरुलाई खटाईसकेको जनाएको छ । सरकारको नेतृत्व समेत गरेको काँग्रेसका नेता तथा सिंचाई मन्त्री महेन्द्र यादवले पार्टीको तर्फबाट र सरकारको तर्फबाट छुट्टा छुट्टै प्रयास भईरहेको बताउनु भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बाढीपिडित तराईबासीलाई सहयोग र राहतका लागि काठमाडौबाटै राहत लिएर जाने देखि पार्टीका नेता कार्यकर्ता र भातृसंगठनहरुलाई सक्रिय हुन आह्वान गरेको छ । स्थानीय नवनिर्वाचित प्रतिनिधि र सांसदहरुले बजेट नै छुट्याएर उद्धार तथा सहयोगका लागि परिचालन गर्ने तयारी भईरहेको एमाले नेता लालबाबु पण्डीतले जानकारीदिनुभयो ।

तराईबासीको हकहितका लागि खुलै संघर्ष गरेको बताउने दलहरुले अहिले भने देखावटी रुपमा मात्रै सक्रियता देखाएका पाइएको छ ।

प्रदेश नं. दुई हुने तेस्रो चरणको निर्वाचन आउन झण्डै एक महिना अगाडी भएको यो प्राकृतिक प्रकोपलाई दलहरुले जनताको मत जित्ने मौका रुपमा पनि उपभोग गर्न सके दल र जनता दुवैलाई राम्रो हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्