Logo

बाढी प्रभावित मृतकका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय



साउन २९, काठमाडौँ । आज बसेको मन्त्री परिष्दको बैठकले बाढी बाट मृत्यु भएका नागरीकमा परिवारलाई प्रति मृतक दुई लाख दिने निर्णय गरेको हो ।
त्यसै गरि प्रत्यक मन्त्रीले एक महिनाको तलब राहातका लागि दिने निर्णय भएको छ ।

राहात र उद्धारलाई अझ प्रभावकारी वनाउन भोली देखिनै सहितको टोली स्थगल निरिक्षण जाने भएको छ । यस्तै राहात कोषको स्थापना गर्ने मन्त्री परिषदको वैठकले निर्णय गरेको छ

लगातारको बाढीले तराई मधेसका जिल्ला जलमग्न भए पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेन ।प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल भएको थियो ।

धेरै मन्त्रीहरुले घोषणा गर्नुपर्ने आवाज उठाएका थिए ।तर, बैठक संकटग्रस्त घोषणा नगर्ने निष्कर्षमा पुगेको एक मन्त्रीले जानकारी दिए । साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको छ  ।



प्रतिक्रिया दिनुहोस्