Logo

गोविन्द केसीको माग सम्बोधन अझै भएन, केसीका प्रतिनिधि आन्तरिक छलफलमा



साउन ३१, काठमाण्डौ । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् ।
मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।
केसीको स्वास्थ्य अवस्था जटिल
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । चिकित्सकले आईसीयूमा राख्न खोज्दा केसीले अस्वीकार गरेका छन् । उनको अक्सिजनको मात्रा घटेर ७० मा पुगेको छ । छाती दुख्ने समस्या निकै बढेर गएको छ । सोमबार दिनभर डा. केसी कसैसँग बोलेनन् । केसी २३ दिनदेखि आमरण अनशनमा छन् ।



प्रतिक्रिया दिनुहोस्