Logo

गणेश लामालाई पशुपतिको सदस्य सचिव बनाउँन गच्छदारको दवाव



काठमाडौ, ३२ साउन । काठमाडौका डनको रुपमा परिचित नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामालाई पशुपति विकास कोषको सदस्य सचिव पदमा नियूक्त गर्न उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीभित्र विग्रह उत्पन्न गर्ने गरी दवाव दिईरहेको स्रोतले जनाएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आफ्नै पार्टीबाट मन्त्री बनेका पर्यटन मन्त्री जितेन्द्र देवलाई जसरी पनि लामा सदस्य सचिव बन्नु पर्ने भन्दै दवाव दिईरहेका छन ।
पशुपति विकास कोष जस्तो अरबौ हिन्दुहरुको आस्थाको केन्दमा लामा जस्ता ब्यक्तिलाई नभई धर्म सस्कृति बुझेको ब्यक्तिलाई सदस्य सचिव बनाउनु पर्ने अडानमा पर्यटनमन्त्री देब रहेपछि गच्छदारले जसरी पनि लामालाई नै बनाउनु पर्ने भनि दवाव दिईरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गच्छदारले लामालाई नबनाए मन्त्री पद त्याग्न समेत देवलाई चेतावनी दिईरहेका छन ।
गच्छदारसँग लामाले पनि आफूलाई सदस्य सचिव नबनाए ठेगान लगाउने चेतावनी मन्त्रीलाई दिईरहेको स्रातेले जनाएको छ ।

यसअघि गच्छदारले सर्मिला पराजुलीलाई राजदुतमा नियूक्त गर्दा समेत चौतर्फी विवाद भएको थियो ।



प्रतिक्रिया दिनुहोस्