Logo

प्रधानमन्त्री र चिनिया उपप्रधानमन्त्रीविच ४५ मिनेट कुराकानी



काठमाडौ,३२ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा झण्डै ४५ मिनेट भएको कुराकानीमा दुईपक्षीय सहयोग र सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको छ ।
भेटवार्तामा नेपाल र चीनविचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै दुई पक्षीय सहयोग विस्तारलाई अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश पोखरेलले जानकारी दिए ।
दुई मुलुकविचको सम्बन्धलाई अझै सम्बन्धलाइ अझै प्रगाढ बनाउन जनताविचको सम्बन्धलाई अघि बढाउने र अघिल्लो सरकारको पालामा भएका दुई देश विचको सम्बन्धलाई कार्यान्वयन तहमा लैजाने विषयमा छलफल भएको थियो ।
भेटमा चिनिया पक्ष भुकम्पपछि बन्द प्रायः रहेको तातोपानी नाका खोल्नेसहित कोरला नाका खोलन चीन सकारात्मक देखिएको उनले बताए ।
चीन र नेपालविच भएको तीन बुँदे सम्झौताले हाइड्रोपावर, पूर्वाधार, वन रोड वान बेल्ड अघि बढाउने, क्रस बोर्डर सहयोगलाई अघि बढाउने, लगानीको बातावरण बनाउने, चिनियाँ पर्यटक भित्र्याउने विश्वास गर्दै चिनियाँ उपप्रधानमन्त्रीले प्रधानमन्त्री देउवालाई चिन भ्रमणको निम्तो दिएका थिए ।
नेपालका प्रधानमन्त्रीले पनि चिनिया राष्ट्रपतिलाई नेपालको भ्रमणको निम्तो दिएका थिए । चिनले उपयूक्त समयमा राष्ट्रपतिको नेपाल भ्रमण हुने र यसकोलागि आफूहरु सकारात्मक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्