Logo

एमाले सांसदसहित नेताहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने



काठमाडौ, ३२ साउन । नेकपा एमालेले बाढी पीडित जनताको राहतको लागि पार्टीका तर्फबाट सांसद रहेका र होलटाईमर नेता कार्यकर्ताहरुको एक महिनाको तलब उपलब्ध गराउने भएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै एमालेले त्यस्तो घोषणा गरेको हो ।
प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा एमालेले तकल क्षतिको यथार्थ विवरण संकलन गर्न साधन स्रोतसहितको टोली खटाएर बाढी पीडितको राहत र पुर्नबासको लागि योजना निर्माण गर्नु पर्ने, बाढी पीडित क्षेत्रलाई समस्य ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने, बाढी प्रभावित परिवारलाई तत्काल राहत स्वरुप १ लाख, मृतकका परिवारलाई ५ लाख सहयोग उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।
त्यसैगरी बाढीले घर नष्ट भएका परिवारलाई आवास निर्माणका लागि ३ लाख अनुदान र ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउनु पर्ने, बाढी पीडित परिवारलाई २ सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउनु पर्ने, सडक, विजुली, स्वास्थ्य, शिक्षा क्षतिको लागि तत्काल प्याकेज घोषणा गर्नु पर्ने, बाढीको अनुगमनको लागि अनुगमनकोलागि संसदीय समिति बनाउनु पर्ने र प्रत्येक जिल्लामा कम्तिमा विभिन्न राजनीतिक दलका तर्फबाट एक हजारको दरले स्वयमसेवक खटाउने र औषधीसहितको टोली खटाउनु पर्ने माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्