Logo

प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सुरु



काठमाडौ, ३२ साउन । प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सुरु बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित ति पार्टीका प्रभावशाली नेताहरुको सहभागिता रहेको छ ।
बैठक मुख्य रुपमा तीन एजेण्डामा केन्द्रीत रहने नेताहरुले जनाएका छन । जसमा प्रदेश र संघीय निर्वाचनको मिति र प्रक्रिया, संसदमा पेश गरिएको संविधान संसोधन विद्येयक अघि बढाउने र बाढी पहिरो पीडितको राहत उद्दार र पुर्नस्थापना लगायतको विषयमा छलफल हुने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्