Logo

उपप्रधानमन्त्री वाङद्वारा राष्ट्रपतिसंग शिष्टाचार भेट



काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत यु होङ र दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्