काठमाडौं, १ भदौ । स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियाल मड्रिडले जितेको छ ।बार्सिलोना विरुद्ध बुधबार राति भएको दोस्रो लेगको खेल २-० ले जित्दै रियाल मड्रिडले समग्रमा प्रतियोगिता ५-१ ले आफ्नो पक्षमा पारेको हो ।
यसअघि पहिलो लेगको खेलमा रियाल मड्रिड ३-१ ले विजयी भएको थियो ।उक्त खेलमा रातो कार्ड खाएर पाँच खेलका लागि प्रतिबन्धित स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो बुधबारको खेलमा सहभागि थिएनन् ।
चीर प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्धको खेलमा रोनाल्डो बिनै मैदानमा उत्रिएको रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियो र करिम बेन्जमाले एक–एक गोल गरे । जितसँगै रियाल मड्रिडले नयाँ सिजनको स्पेनिस फुटबलमा ताजा दावेदारी दिएको छ । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबल यही हप्ता सुरु हुँदैछ ।एजेन्सीको सहयोगमा