Logo

राष्ट्रिय विपत्ति घोषणा गर्न अर्थ समितिको सरकारलाई निर्देशन



भदौ १, काठमाण्डौ । व्यवस्थापिका संसदको अर्थ समितिले राष्ट्रिय विपत्ति घोषणा गरी बाढी प्रभावति क्षेत्रमा राहत र पुनर्वासको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको विहिबारको बैठकले राहत र पुनर्वासको काम प्रभावकारी नभएको भन्दै तत्काल राष्ट्रिय विपत्ति घोषणा गरी काम अघि बढाउन निर्देशन दिएको हो ।
समितिले बाढी, पहिरो र डुबानबाट मृत्यु भएकाहरुको परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले भारतीय बाँधका कारण तराईको भूमि डुबेको भन्दै समस्या समाधानका लागि कुटनीतिक पहल गर्न पनि माग गरेका छन ।
बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भए पनि पीडितको उद्धार, राहत र पुनर्वासको व्यवस्था गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको समितिको निष्कर्ष छ । समितिका सदस्यहरुले राहत वितरणको कामलाई एकद्धार प्रणालीबाटै अघि बढाउँदा पीडितले न्याय पाउने धारणा पनि राखेका छन ।



प्रतिक्रिया दिनुहोस्