Logo

धमलाले भने,‘अब रिपोर्टर्स क्लब बाढि प्रभावित जिल्लामा भोलिबाटै खटिन्छन’



काठमाडौं, १ भदौ । रिपोर्र्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबले आउने आईतबारबाट बाढि प्रभावित जिल्लाहरुमा पुगेर राहत वितरण गर्ने बताएका छन् ।

उनले भने,‘हामी पनि पीडितहरुलाई राहत पुर्याउनको लागि आईतबारबाट प्रभावित जिल्लाहरुमा पुग्दैछौं, हाम्रो देशभरिका शाखाहरु अब राहतमा खटिने पनि जानकारी गराउँछु।’

धमलाले ०७२ को महाभुकम्पमा सबै राजनीतिक दलहरु जसरी एक भएका थिए अब बाढि प्रकोपबाटपनि पनि एक भएर अघि बढ्न सक्नुपर्ने धारणा राखे ।

उनले भने,‘दलहरुवीच एकता, सहकार्य र सहमतिको राजनीति अब सुरु हुनुपर्छ, शीर्ष नेताहरु एक भएर प्रभावित जिल्लामा पुग्नुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एक भएर काँधमा काँध मिलाएर जानुपर्छ, हामी मिलेर आऔं भन्न सक्नुपर्छ, क्लब यसको लागि अब दबाब दिन्छ।’



प्रतिक्रिया दिनुहोस्