Logo

पार्टी विरोधी गतिविधि गरेको भन्दै नयाँ शक्ति पार्टीद्वारा कारबाही



काठमाडौँ, २ भदौ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक विज्ञप्तिमार्फत नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, बलावती शर्मा, पासाङ शेर्पालगायत १५ जना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको जनाउनुभएको छ ।

उता नयाँ शक्तिः नेपाल बृहद् ध्रुवीकरण केन्द्रीय संयोजन समितिले जायज र तर्कसंगत तवरले आफ्नो विचार राख्दा गरिएको कारबाही तथ्यमा आधारित नभएको बताएको छ । आफूहरुले उठाएको परिवर्तनकारी एजेण्डालाई अस्वीकार गर्ने मनसायका साथ कारबाहीको नाटक गरिएको सो समितिका नेता देवेन्द्र पौडेलले बताउनुभयो ।

सो समूह र नेकपा(माओवादी केन्द्र)बीच केही दिनभित्रै पार्टी एकता गर्ने तयारी गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्