Logo

बाणिज्य बैकले गरे १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन



भदौ ४, काठमाण्डौ । आर्थिक बर्ष २०७३÷७४ मा २५ बाणिज्य बैकले १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । २५ बाणिज्य बैंकले यसअवधिमा कूल १६ खर्ब पाँच अर्ब ९५ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन । नेपालमा भएका वाणिज्य बैंकहरुको उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाह समेत बढ्दै गएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ । त्यसैगरी एक खर्ब ६ अर्ब ४३ करोड १३ लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ । यसैगरी निजी क्षेत्रको इन्भेष्टमेन्ट बैंकले वाणिज्य बैंकलाई पछाडि पार्दै एक खर्ब २५ अर्ब ६६ करोड ९३ लाख निक्षेप संकलन गरेको छ भने एक खर्ब छ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यसैगरी ग्लोबल आईएमई बैंक पनि एक खर्ब माथि निक्षेप संकलन गर्दा ८० अर्ब बढीको कर्जा परिचालन गरेको छ ।

२५ बैंक बाणिज्य बैक मध्ये सबैभन्दा कम निक्षेप संकलन गर्ने मेगा बैंक रहेको छ । मेगाले ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ । त्यसैगरी सानीमा बैंकले शून्य दशमलव शून्य एक प्रतिशतको कर्जा निष्कृय कर्जा अनुपातमा कायम गरेको छ । सार्वजनिक तथ्यांकमा ११ बाणिज्य बैंकले एक प्रतिशत तल झारेर एक दर्जन बैंकले उत्कृष्ट व्यवस्थापकिय क्षमता प्रदर्शन गरेका छन् ।

२५ बाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकको चार दशमलव २९ प्रतिशत निष्कृय कर्जा बढेको छ । नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र जनता बैंकको भने दुई प्रतिशत माथि रहेको छ । बैंकहरुलाई राष्ट्र बैंकले असोज मसान्तसम्म सीसीडी रेसियो अनुपात ८० प्रतिशत तल झार्न निर्देशन दिएपछि गत आर्थिक बर्षमा २५ वटै बाणिज्य बैंकले ८० प्रतिशत तल झारेका छन् । यसअघि बैंकमा निक्षेपको तुलनामा कर्जा परिचालन बढी हुँदा केही बैंकको सीसीडी अनुपात ८३ प्रतिशतमाथि नाघेको थियो । २५ बाणिज्य बैंकमध्ये सबैभन्दा कम सीसीडी अनुपात कृषि विकासको जम्मा ६२.३९ प्रतिशत रहँदा सबैभन्दा बढी हिमालयन बैंकको ७९.०७ प्रतिशत रहेको छ । त्यसैगरी कृषि विकास ६२.३९ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ६९.३ प्रतिशत तथा नेपाल बंगालादेश बैंकले ६९.३६ प्रतिशत कायम गर्दे ७० प्रतिशत तल सीसीडी अनुपात कायम गरेका छन् ।

७० प्रतिशतदेखि ७५ बिचको सीसीडी अनुपात ९ वटा बाणिज्य बैंक रहेको छ । ७५ प्रतिशत माथि सीसीडी अनुपात रहने बाणिज्य बैंकको संख्या १३ वटा रहेको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा विस्तार नरोकियोस् भन्ने उद्धेश्यले राष्ट्र बैंकले ०७४ असार मसान्तसम्मका लागि मात्र विद्यमान ८० प्रतिशतको कर्जा–निक्षेप प्राथमिक पूँजी सहित सीसीडी अनुपात गणना गर्दा तोकिएका केही क्षेत्रतर्फ प्रवाह हुने कर्जाको ५० प्रतिशतसम्म रकम घटाउन पाउने व्यवस्था समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्