Logo

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो नेप्से, कसले कमायो अनि कसले गुमायो ?



भदौ ४, काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ दोहोरो अंकले ओरालो लागेर१ हजार ६ सय १७ दशमलव ९७ विन्दुमा बन्द भएकोछ । परिसूचक तल झरे पनि कारोबार रकम केही बढेकोछ । समग्रमा बजार ०.७२ प्रतिशतले ओरालो लागेको हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११ दशमलव ७८ अंकले ओरालो लागेर १ हजार ६ सय १७ दशमलव ९७ अंकमा बन्द भएकोछ । त्यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचब २ दशमलव ३६ अंकले घटेर ३३९ दशमलव ९८ अंकमा बन्द भएकोछ ।नेप्से परिसुचक घटेपनि विहिबारको तुलनामा आइतबार कारोबार रकम भने केही बढेको छ ।

विहिबार ७५ करोड ७० लाखको शेयर कारोबार भएको बजारमा आइतबार १५९ कम्पनीको ७९ करोड ४६ लाख ८२ हजार ६५८ रुपैयाँको शेयर खरिदबिक्री भएको छ । ७ हजार २ सय ८६ पटकको कारोबारबाट ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता शेयरहरु किनबेच भएकोछ । आइतबारको कारोबारमा आएका आठ समूहमध्ये होटल बाहेकका सबै समूहमा गिरावट आएपछि समग्र बजार घटेको छ । होटल समूहको परिसुचक होटेल समूह भने ४.२१ अंकले उकालो लागेर २ हजार ४ सय ६० दशमलव शून्य ६ अंकमा बन्द भएकोछ ।

आइतबारको कारोबारमा सबैभन्दा धेरै बीमा समूहको परिसुचक ३९ दशमलव ७४ अंकले घटेको छ । त्यसैगरी बाणिज्य बैंक १२ दशमलव २, विकास बैंक १४ दशमलव ८५, फाइनान्स ६ दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७१, जलविद्युत १५ दशमलव ७१ र अन्य समूह २ दशमलव ८९ अंकले गिरावट आएको छ । सूचक तल झरे पनि कारोबार रकम राम्रो भएकाले आत्तिनुपर्ने अवस्था देखिएको छैन । नेप्से सूचक आइतबार ११.७८ अंकले घटेर १६१७.९७ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७२ प्रतिशतले ओरालो लागेको हो ।

आइतबार सर्वा्धिक कमाउनेमा स्वरोजगार लघुवित्तका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै आइतबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्यमा ९ दशमलव ९२ प्रतिशतको गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्