Logo

सप्तकोशी र लक्ष्मणपुर बाँधको एजेण्डापनि प्रधानमन्त्रीको भारत भ्रमणमा



काठमाडौं, ५ भदौ । लगातार विवादमा रहँदै आएको सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधको विषय प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला उठ्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण र एजेण्डालाई अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद बैठकले कोशी, लक्ष्मणपुर लगायतका बाँधबाट भएका क्षति र नोक्सानीबारे भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनेको ५० करोड भारत सरकारले अहिलेसम्म नदिएको विषयमा पनि कुरा हुने सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

उनका अनुसार भारतीय पक्षसँग पञ्चेश्वर जलविद्युत आयोजना, १९५० का सन्धी र सुपुदर्गी सन्धीका साथै नेपाल–भारत रेलवे बारेमा समेत छलफल हुने छ ,

भूकम्प पुनर्निर्माण प्राधिकरणलाई भारतले दिएको सहयोग नआएकाले प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा भारतीय पक्षसँग यसबारेमा समेत छलफल गर्ने सरकारको निर्णय छ ।



प्रतिक्रिया दिनुहोस्