Logo

राष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई



काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको,सचिव,स्वकीय सचिवसमेतबाट पाँच दिनको,सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको,उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्