Logo

राप्रपा विवादः राणाको पक्षमा सर्वोच्चको फैसला



काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै पशुपति शमसेर जवराको नेतृत्वमा गठन भएको राप्रपा प्रजातान्त्रिक पार्टी दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश दिएको हो ।

यसअघि निर्वाचन आयोगले हस्ताक्षरलाई सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो । यसबाट निर्वाचन आयोगले आफ्नो दललाई मान्यता नदिनेजस्तो संकेत देखेपछि राणा यसअघिकै हस्ताक्षरलाई मान्यता दिन माग गर्दै सर्वोच्च गएका थिए ।

राप्रपा अध्यक्ष कमल थापा पक्षले राणा पक्षले नक्कली हस्ताक्षर गरेर दल दर्ताको निवेदन दिएको आरोप लगाउँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्