Logo

पत्रकार महासंघको अध्यक्षमा आचार्य नेतृत्वको प्यानल विजयी



काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । तीर्थ कोइरालाको प्यानललाई हाउँदै आचार्य नेतृत्वको प्यानल नै विजयी भएको छ । पदाधिकारीमा आचार्य नेतृत्वको गठबन्धन प्यानल नै पुरै सेट आएको छ । एक सय भन्दा बढी मत अन्तरले कोइराला पराजित भएका छन् ।
प्रदेशबाट निर्वाचित भएका केन्द्रीय सदस्य
प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी
प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।



प्रतिक्रिया दिनुहोस्