Logo

पत्रकार महासंघमा यूनियन–सेन्टर गठबन्धन विजयी



काठमाडौ, ६ भदौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन विजयी भएको छ ।
विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा गठबन्धनका गोविन्द आचार्य ७३२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी प्रेस चौतारी नेपालका उम्मेदवार तिर्थ कोइरालाले ६२७ मत प्राप्त गरे ।
त्यसैगरी खुल्ला उपाध्यक्षमा गठबन्धनकै विपुल पोखरेल ७९६ मतसहित विजयी भए, समावेशी उपाध्यक्षमा पनि गठबन्धनबाटै उम्मेदवारी दिएका रिपोर्टर्स क्लब नेपालका सचिव दिलिप थापा मगर ८५९ मतसहित विजयी भए ।
त्यसरी नै महासचिवमा रमेश विष्ट ७५१, खुल्ला सचिवमा रामप्रसाद दाहाल ७४३, महिला सचिवमा लक्ष्मी पुन ७८७, आदिबासी सचिवमा उदय जीएम ७५७ मत ल्याई विजयी भए । कोषाध्यक्षमा पनि गठबन्धनकै राजेश मिश्र विजयी भएका छन ।

प्रदेशबाट छानिने केन्द्रीय सदस्यहरुमा प्रेस चौतारीका ५ जनाले जितेका छन् भने युनियनका ८ र प्रेस सेन्टरका ६ जनजा विजयी भएका छन् । एउटा पदमा प्रेस सेन्टर र चौतारीका उम्मेदवारको बराबरी मत आएको छ ।

प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी
प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।



प्रतिक्रिया दिनुहोस्