Logo

संविधान संशोधनको विपक्षमा मतदान गरेको भन्दै मधेशमा ओलीको पुत्ला दहन



काठमाडौं, ६ भदौ । संविधान संशोधन विद्येयकको विपक्षमा मतदान गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा नेकपा एमालेका अध्यक्ष के.पीशर्मा ओलीको पुत्ला हदन गरेका छन् ।

हिजो संसदमा निर्णयार्थ प्रस्तुत गरिएको विद्येयकमा एमालेले साथ नदिएको भन्दै राजपाका कार्यकर्ताले बिरोध जनाएका छन् । विद्येयक पास गर्नको लागि ४८ मत पुगेको थिएन् । संविधान संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ मत खसेको थियो ।

यता प्रमुख प्रतिपक्ष दल एमालले संसदमा प्रस्तुत विद्येयक फेल भएपछि प्रधानमन्त्री देउवाको राजीनामा माग गरेको छ ।
तस्बीर–संजय शाह



प्रतिक्रिया दिनुहोस्