Logo

आर्थिक वर्ष २०७३–७४ को समिक्षा : व्यापार घाटा ९ खर्बभन्दा बढि, रेमिट्यान्स वृद्धिदरमा कमी, पर्यटक आगमनमा वृद्धि



भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक तथ्याङ्कको आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले अधिकांश सुचक सकरात्मक देखाएको छ ।
प्रतिवेदन अनुसार २०७३÷७४ मा देशको यथार्थ कुल ग्राहस्थ उत्पादन बृद्धिदर अघिल्लो वर्षको ०.४ प्रतिशतको तुलनामा ७.५ प्रतिशत रहेको छ । त्यस्तै आधारभुत मुल्यमा यथार्थ कुल ग्राहस्थ उत्पादन बृद्धिदर अघिल्लो वर्षको ०.०१ प्रतिशतको तुलनामा ६.९ प्रतिशत रहेको छ । उक्त ७.५ प्रतिशतको आर्थिक बृद्धिदर आर्थिक वर्ष २०५०÷५१ देखिको उच्चतम बृद्धिदर हो । त्यसै गरि कृषि क्षेत्रको उत्पादन ५.ं३ प्रतिशत र गैर कृषि क्षेत्रको बृद्धिदर ७.७ प्रतिशत रहेकोले उच्च बृद्धिदर हाँसिल भएको हो । धानको उत्पादन २१.७ प्रतिशतले बृद्धि भएकोले कृषि क्षेत्रमा उत्त बृद्धिदर समभव भएको राष्ट्र बैकले जनाएको छ । वार्षिक समिक्षा अनुुसार औद्योगीक क्षेत्रको बृद्धिदर १०.९ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष औद्योगीक क्षेत्रको उत्पादन ६.३ प्रतिशतले घटेको थियो ।

त्यस्तै समिक्षा वर्षमा सेवा क्षेत्रको उत्पादन ६.९ प्रतिशतले बढेको अनुमान राष्ट्र बैकले गरेको छ । अघिल्लो वर्ष यो क्षेत्रमा २.१ प्रतिशतले वृद्धि भएको थियो । पर्यटक आगमनमा बृद्धि र व्यापार एवम् संचार क्षेत्रको विस्तारका कारण सेवा क्षेत्रको वृद्धिदर बढेको हो । त्यसै गरि राष्ट्र बैंकले आर्थिक वर्ष २०७३÷७४ मा कुल राष्ट्रिय खर्च योग्य आय १३.४ प्रतिशतले बृद्धि भएको अनुमान गरेको छ । अघिल्लो वर्ष यस्तो आय ६.५ प्रतिशतले बृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७३÷७४ मा कुल ग्राहस्त उत्पादनमा कुल उपभोगको अंश ८९.७ प्रतिशत रह्यो । त्यस्तै समिक्षा अवधिमा कुल ग्राहस्त उत्पादनमा कुल स्थिर पुंजी अनुपात ३३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो ४० प्रतिशत रहेको थियो । त्यसै गरि राष्ट्र बैंकले मुद्रास्फीती र तलब तथा ज्यालादर पनि सार्वजनीक गरेको छ । जस अन्तर्गत आर्थिक वर्ष २०७३÷७४ मा वार्षिक औषत उपभोक्ता मुद्रस्फीती ४.५ प्रतिशतमा सिमित रहेको छ भने अघिल्लो वर्ष ९.९ प्रतिशत रहेको थियो । आ व २०६१÷६२ पछि पहिलो पटक वार्षिक औषत उपभोत्ता मुद्रास्फीती ४.५ प्रतिशतमा झरेको हो । यो दर आव २०७३÷७४ को ७.५ प्रतिशतको लक्ष्य भन्दा कम रहेको छ । बैकले वार्षिक मौद्रिक निति जारि गर्न शुरु गरेको आव २०५९÷६० पछि आर्थिक वर्ष २०६०÷६१ र २०६३÷६४ मा मात्र बास्तविक मुद्रास्फीती लक्ष्य भन्दा कम रहेको थियो । २०७४ असार महिनामा वार्षिक विन्दुगत उपभोत्ता मुदा्रस्फीती २.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा भने १०.४ प्रतिशत रहेको थियो । उत्त वार्षिक विन्दुगत मुद्रास्फीती २०६१ कार्तिक पछिको न्युनतम हो । समीक्षा वर्षमा घ्यु तथा तेल, दलहन तथा गेडागडी, तरकारी, यातायात लगायतका समुहको वार्षिक औसत मुल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्युन रहन गएको हा । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समुह र गैर–खाद्य तथा सेवा समुहको मुल्य सुचाङ्ककको औसत वृद्धिदर क्रमशः१.९ प्रतिशत र ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यी समुहहरुको मुल्य सुचाङ्ककको औसत वृद्धिदर क्रमशः१०.९ प्रतिशत र ९.२ प्रतिशत रहेको थियो । घ्यु तथा तेलको मुल्यमा ६ प्रतिशत, दलहन तथा गेडागुडीको मुल्यमा ५.५ प्रतिशत र तरकारीको मुल्यमा २.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्युन रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत, हिमालमा ४.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ ।।

गत आर्थिक वर्ष २०७३–७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत वर्ष निर्यातको तुलनामा आयात बढ्दा देशको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भएको भारतसँग ५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । त्यस्तै चीनसँगको व्यापार घाटा १ खर्ब २५ अर्ब रहेको छ भने अन्य मुलुकसँग १ खर्ब ९९ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४० अर्ब नाफामा रहेको चालु खाता गत आर्थिक वर्षमा भने १० अर्ब १३ करोडले घाटामा गएको छ । अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब रुपैयाँ शोधानान्तर बचतमा रहेकोमा ७३–७४ मा भने घटेर यस्तो बचत ८२ अर्बमा सिमित छ । नेपालको कुल गाहस्र्थ उत्पादन (जीडीपी) को तुलनामा व्यापार घाटा ३५ प्रतिशत रहेको छ । जीडिपीको ३८ प्रतिशत आयात र २.८ प्रतिशत निर्यात भएको देखिन्छ । ७३–७४ मा बैदेशीक रोजगारीमा गएकाहरुले ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन अघिल्लो आर्थिक वषमा भन्दा ४.६ प्रतिशतले बढि हो ।

गत आर्थिक वर्षमा मूल्य वृद्धि ४.५ प्रतिशतमा सिमित भएको छ । खाद्य तथा पेय पद्धार्थमा १.९ प्रतिशत र गैर खाद्य तथा सेवामा ६.५ प्रतिशतले महंगी बढेको हो । पहाडमा मासिनहरुले सबैभन्दा धेरै ६.४ प्रतिशतको मूल्य वृद्धि व्यहोरेका हुन् । काठमाडौंमा मूल्य वृद्धि दर ३.१ प्रतिशत रहेको थियो । देशमा विदेशी विनिमयको सञ्चिती १० खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.९ प्रतिशतले बढेको हो । देशमा रहेको यो सञ्चितीले ११.४ महिनाको बस्तु तथा सेवा आयात धान्ने अवस्था रहेको छ । त्यस्तै, राष्ट्र बैंकले गत वर्ष २ खर्ब ७३ अर्ब बराबरको भारतीय मुद्रा र ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर खरिद गरेको छ । राष्ट्र बैंकले ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर बिक्री समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्