Logo

देउवालाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत



नयाँदिल्ली भारत, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुग्नुभएको छ ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै हुनुहुन्छ । आज अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ भने आजै साँझ ७:३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्