Logo

देउवासँग मोदीको सरप्राइज्ड मिटिङ, डोकलमदेखि सबै विषयमा कुराकानी



नयाँदिल्ली, ७ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सकमक्षी नरेन्द्र मोदीले सरप्राईज मिटिङ गरेका छन ।

बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु गर्ने कार्यक्रम रहेपनि मोदीले अकस्मात देउवासँग भेटवार्ता गरेका हुन ।

भेटवार्तामा चीन र भारतवीच देखिएको डोकलम विवादमा नेपालको स्टाण्डदेखि दुई देशबीच समस्याको रुपमा रहँदै आएका समासामयिक सबै विषय बस्तुहरुमा कुराकानी भएको बताईएको छ ।

मोदीको सरप्राईज मिटिङ विशेष गरेर डोकलम विवादमा नेपालको स्टाण्डमा केन्द्रीत रहेको स्रोतहरुले जनाएका छन । मोदीले डोकलम विवादमा भारतको समर्थन गर्न देउवासँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई उच्च महत्व दिएको भन्दै भोलीको भेटवार्तालाई कसरी फलदायी बनाउने भन्ने विषयमा रहेर कुराकानी भएको बताए ।

उनले भेटवार्तामा सीमा बनाईएका बाधदेखि नेपालको राष्ट्रिय हितका सबै विषयमा कुराकानी भएको भन्दै यसले दुई देशवीचको सम्बन्धलाई अझै गहिरो बनाएको प्रतिक्रिया दिए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दुई देशका प्रधानमन्त्रीबीच राजनीति, सामाजिक, आर्थिक सहित दुई मुलुकको राष्ट्रिय हितको विषयमा कुराकानी भएको भन्दै भारत नेपालसँग सबै विषयमा सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध भएको प्रतिक्रिया दिए ।
उनले भारतले प्रधानमन्त्रीको भारत भ्रमणलाई उच्च महत्व दिएको बताए ।



प्रतिक्रिया दिनुहोस्