Logo

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, दुई बुँदे सहमति



नयाँ दिल्ली, ८ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भेटवार्ता गरेकी छिन । देउवा बसेकै राष्ट्रपति भवनमा भएको भेटवार्तामा दुई विषयमा ठोस सहमति बनेको छ ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतका सीमा क्षेत्रमा हरेक वर्षमा हुने डुबानको दिर्घकालिन समाधान खोज्ने विषयमा सहमति भएको छ । जसका लागि आजको प्रधानमन्त्रीको द्धिपक्षीय भेटवार्ताको क्रममा उच्चस्तरीय संयूक्त संयन्त्र बनाउने विषयमा सम्झौता हुने छ । जसले भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा बनाएको बाधसहितका सम्पूर्ण विषयहरुमा छलफल गर्नेछन ।

त्यस्तै सम्झौता भएरपनि लामो समयदेखि बन्न नसकेको पञ्चेश्वर परियोजनालाई फाष्टट्रयाकको बाटोबाट काम सुरु गरी छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्ने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालका प्रधानमन्त्रीसँग अन्त्यन्त राम्रो र सकारात्मक कुराकानी भएको भन्दै देउवाको भारत भ्रमण सफल सिद्ध हुने विश्वास ब्यक्त गरिन ।



प्रतिक्रिया दिनुहोस्