Logo

प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई विवादमा ल्याउनु गैरजिम्मेवार र पूर्वाग्रह : बालकृष्ण खाँड



भदौ १०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनु सामान्य विषय भएको तर्क गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दुई पक्षीय कुराकानीका क्रममा उठेका विषयमा चर्चा हुनुलाई ठूलो इस्यु बनाउन नहुने तर्क खाँडले गरेको हुन् ।
प्रसङ्गबस उठेको विषय भएकाले र पछिल्लो समय नेपालको प्रमुख मुद्दा नै संविधान संशोधन भएकाले त्यस विषयमा प्रधानमन्त्री देउवाले मुख खोल्नुलाई विवादित बनाउन नहुने खाँडको तर्क छ ।
मुलुकमा एकता कायम गर्नका लागि र सबै दलहरुलाई सँगसँगै लैजानका लागि संविधान संशोधन आवश्यक भएको बताउँदै नेता खाँडले भने, “नेपालमा एकता र मेलमिलापको वातावरण स्थापना गरिरहेका छौँ । शान्ति र समृद्धिका लागि साझा सहमति छ । त्यसका लागि संविधान संशोधन आवश्यक छ ।”
दुवै प्रधानमन्त्रीको बिचमा भएको कुरालाई विवादमा ल्याउनु दलका नेताहरुको गैरजिम्मेवारीपन र पूर्वाग्रहप्रेरित भएको आरोवप खाँडको छ ।
“पुष्पकमल दाहाल र केपी शर्मा ओली भारत भ्रमणमा जाँदा पनि नेपालको शान्ति प्रक्रियामा सहयोगका कुरा गरेकै हुन् । नेपालको संविधान राम्रो छ । सबै विश्वले मानिदियोस् । संविधानलाई नेपाली जनताको चाहना अनुसार लैजान्छौँ भनेर सबैले भनेकै हुन् ।” खाँडले भने ।
प्रधानमन्त्री देउवाले संविधान संशाधेन गरौँ कि नगरौँ भनेर सोधेको भए गल्ती हुने तर्क गर्दे खाँडले जानकारी गराउनु सामान्य भएको जिकिर गरे । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गरिएको पत्रकार सम्मलेनमा संविधान संशोधन गरिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्