Logo

राजपा नेता अनिल झा किन सहमत छैनन् चुनावमा जान ? भविष्यमा पार्टी छोड्न सक्ने



भदौ ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले बहुमतका आधारमा चुनावमा जाने निर्णय गरे पनि सबै नेताहरु एक हुन सकेका छैनन् । राजपाका नेता अनिल झा चुनावमा जाने विषयमा असहत देखिएका हुन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता झाले आफु चुनावमा जाने विषयमा सहमत नभएको बताएका हुन् ।

नेता झाले पार्टीभित्र विवाद नभएको तर मधेशी जनताले के पाए भन्ने कुरा महतवपूर्ण भएको बताएका छन् । नेताहरुले मधेशी जनताको स्वार्थका लागि राजनीति गरेको बताउँदै नेता झाले संविधान संशोधन नभैकन चुनावमा जाने कुरामा आफु सहमत हुन नसकेको बताए ।

संविधान संशोधन नभै चुनावमा जानुहुँदैन भन्ने कुरा आफुले पार्टीभित्र राखे पनि बहुमत पुग्न नसक्दा आफ्नो कुरा पराजित भएको नेता झाको तर्क छ ।
संविधान संशोधनबिना चुनावमा जाने कुरामा आफु खुशी हुन नसके पनि अरु कुरामा पार्टीभित्र कुनै विवाद नरहेको झाले स्पष्ट पारे । आफ्नै असहमति पनि सैद्धान्तिक रुपमा मात्रै रहेको झाको भनाई छ ।

संसदमा दुई तिहाई बहुमत पुगेको बेला संविधान संशोधन हुने विश्वास कायम रहेको बताउँदै नेता झाले भने, “त्यसका लागि जनताले मत दिनुपर्छ । जनमत कम भएकै कारण संविधान संशोधन हुन सकेन ।”
राष्ट्रिय जनता पार्टीले चुनावमा जाने निर्णय गरेसँग निर्वाचन आयोगमा गएर प्रक्रिया पूरा गरिसकेको छ । तर आयोगमा जाने क्रममा पनि झा सहमागि थिएनन् ।
यद्यपी राजपको कार्यकर्ताको नाताले चुनावमा सहभागि हुने नेता झाको भनाई छ । आफु चुनावका लागि मत माग्न प्रदेश नम्बर २ जाने तयारीमा रहेको झाले बताए ।
चुनावमा जाने विषयमा एकमत हुन नसकेपछि पार्टी नै छोड्ने हो कि भन्ने धमलाको प्रश्नमा झाले भने, त्यो कुरा भविष्यको कुरा हो । यसपटकको चुनावमा भने पार्टीको निर्णय अनुसार प्रतिबद्ध भएर लाग्ने नेता झाले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्