Logo

प्रचण्डको समर्थनमा दशैँपछि बामदेम गौतम प्रधानमन्त्री बन्ने झलनाथ खनालको दाबी



भदौ ११, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा बामदेब प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।
दशै लगत्तै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै नेता खनालले अबको प्रधानमन्त्री बामदेव गौतम हुने बताएका हुन् ।
नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कार्यक्रममा खुलेर कुरा गरेका छन् ।
कार्यक्रम आज साँझ ८ः५ बजे हिमालयन टिभीमा प्रशासण हुने छ ।



प्रतिक्रिया दिनुहोस्