Logo

चुनावी तालमेलदेखि पार्टी एकतासम्मको योजनामा माओवादी केन्द्र, नयाँ शक्ति र संघीयसमाजवादी फोरम



भदौ ११, काठमाण्डौ । आगामी चुनावमा नेकपा माओवादी केन्द्र, नयाँ शक्ति र संघीयसमाजवादी फोरमबिच चुनावी तालमेल हुने भएको छ ।
तीन दलका नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई र उपेन्द्र यादवबिच भएको बैठकले चुनावमा तालमेल गर्ने निर्णय भएको हो ।
चुनावी तालमेलका लागि माओवादी केन्द्रका नेताद्धय वर्षमान पुन र टोपबहादुर रायमाझी सक्रिय छन् । ऋषि धमलासँग कुरा गर्दै माओवादी नेता रायमाझीले तीन दलबिच तालमेल गर्ने सहमति भएको बताएका हुन् ।
पछि गएर तीन दलबिच पार्टी एकता गर्नेसम्मको विषयमा छलफल भएको रायमाझीले बताए । दाहाल अध्यक्ष, यादव सह अध्यक्ष र भट्टराई वरिष्ठ नेताको हैसियतमा बस्ने गरी छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्