Logo

निर्वाचन अधिकृतको कार्यालय स्थापित



 

लहान, १३ भदौ । तेस्रो चरणअन्तर्गत हुने स्थानीय तह निर्वाचनका लागि सिरहामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यही असोज २ गते हुने निर्वाचन प्रयोजनका लागि आठ नगरपालिका र नौ गाउँपालिकामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले जानकारी दिनुभयो ।

सोअनुसार नगरपालिकाहरु सिरहामा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेत, लहानमा गोकुल खड्का, गोलबजारमा गिरिराज ज्ञवाली, धनगढीमाईमा रामहरि शर्मा, मिर्चैयामा राजेन्द्र कार्की, कल्याणपुरमा सन्तोष शर्मा, सुखीपुरमा सोमप्रसाद भट्टराई र कर्जन्हामा दीपकराज नेपाल निर्वाचन अधिकृतमा खटिनुभएको छ ।

यस्तै गाउँपालिका भगवानपुरमा वाजेन्द्रनाथ शर्मा, विष्णुपुरमा शान्तिराज प्रसार्इं, औरहीमा जुद्धबहादुर आले, बरियारपट्टीमा सुरेश राउत, लक्ष्मीपुर पतारीमा अग्निप्रसाद अधिकारी, नरहामा विनोद खतिवडा, सखुवानन्कारकट्टीमा राधेराम गिरी,अर्नामामा विश्वप्रकाश न्यौपाने र नवराजपुरमा सुमनकुमार कार्की निर्वाचन अधिकृतमा खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्