Logo

मधेशी जनताका लागि नेकपा माओवादी केन्द्र नै पहिलो रोजाई : टोपबहादुर रायमाझी



भदौ १४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अबको चुनावमा नेकपा एमालेसहितका सबै दलसँग तालमेल गर्न सकिने बताएका छन् । प्रदेश नम्बर २ को चुनावमा चुनावी तालमेलका लागि एमाललगायतका दलसँग छलफल भइरहेको नेता रायमाझीले बताए । ऋषि धमलासँग कुरा गर्दै रायमाझीले एमाले देशको प्रमुख दल र शक्ति भएकाले कुनै पनि दललाई माइनस गरेर जान नहुने तर्क गरेका छन् । चुनावी तालमेलका लागि अध्यक्ष पुष्पकमल दाहालले सबै दलसँग छलफल गरिरहेको जानकारी दिदै रायमाझीले भने, “नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलसँग तालमेल गर्न कुनै समस्या छैन ।”
आफ्नो पार्टीको पहिलो प्राथमिकता एक्लै चुनाव लड्ने रहेको बताएका रायमाझीले पछिल्लो समय माओवादीप्रति जनता सकरात्मक बन्दै गएको दाबी गरे । “राष्ट्रको आवश्यकता माओवादी नै हो भन्ने कुरा जनताले गर्न थालेका छन् ।” रायमाझीले भने ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका रायमाझीले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवार चयन अन्तिम चरणमा पुगेको बताए । उम्मेदवार चयनमा केही समस्या आए पनि समाधान गर्नै नसक्ने गरी समस्या नरहेको रायमाझीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्